Sagun Khabar
बैतडीको खोड्पेमा बजार अनुगमन : म्याद नाघेका सामग्री बरामद गरी नष्ट

बैतडी–बैतडीको पाटन नगरपालिका–८ स्थित खोड्पे बजारमा संयुक्त बजार अनुगमन समितिले अनुमगन गरेको छ । सोमबार बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर पछाइ, पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहरा लगायतको सहभागितामा बजार अनुगमन गरिएको हो । 

बजार अनुगमन कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, नेपाल प्रहरी लगायतको समेत सहभागिता रहेको थियो । 

Atrya hospital

खोड्पे बजारमा ५९ ओटा पसलमा अनुगमन गर्दा ५ ओटा पसलबाट म्याद नाघेका ३७ हजार बढीका सामग्री बरामद गरि नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीले जनाएको छ । 

म्याद नाघेका सामग्री बरामद गरेर सबैको रहोबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १४:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update