Sagun Khabar
सुदूरपश्चिम सरकारले ल्यायो ३१ अर्ब ६२ करोडको बजेट 

बैतडी– सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले आज प्रदेश सभामा चालु आर्थिक वर्षका लागि अनुमानित आयव्यय प्रस्तुत गरेका हुन् । 

प्रस्तुत बजेटमध्ये चालुतर्फ १२ अर्ब ८५ करोड ७४ लाख पाँच हजार (४०.६५ प्रतिशत) बजेट विनियोजन गरिएको छ ।

यसैगरी, पुँजीगततर्फ १८ अर्ब ७६ करोड २४ लाख २३ हजार (५९.३२ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ एक करोड (०.२ प्रतिशत) रुपियाँ बजेट विनियोजन गरेको छ ।

असार १ गते प्रस्तुत भएको बजेट प्रदेश सभाबाट पास हुन नसकेपछि सरकारले फेरि संशोधित बजेट प्रस्तुत गरेको हो । 
 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १९:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update