Sagun Khabar
बैतडीमा बर्षाले धानबालीमा क्षति 

बैतडी–तीन दिनसम्म लगातार परेको बर्षाले बैतडीमा धानबालीमा क्षति पुर्याएको छ । जिल्लाका विभिन्न स्थानमा लगाएको धानबालीमा बर्षाले क्षति पुर्याएको स्थानीयहरुले बताएका छन् । 

बर्षाले पाक्नै लागेको धानबाली ढलेर नष्ट भएको पाटनका स्थानीय वसन्त पन्तले बताए । लगातारको बर्षासंगै आएको हावाहुरीले धानबालीमा क्षति पुर्याएको उनले बताए । 

बर्षाले धानबालीमा क्षति पुर्याएपछि यो बर्ष धान उत्पादनमा कमी आउने किसानहरुले बताएका छन् । 

जिल्लाको पुर्चौंडी नगरपालिकाका विभिन्न ठाउँमा बर्षाले धानबालीमा क्षति पुर्याएको छ । खोलामा आएको बाढी खेतहरुमा पसेपछि धानबाली नष्ट भएको स्थानीयहरुले बताएका छन् । लगातारको बर्षाले धानबालीमा क्षति पुर्याएको किसानहरुको भनाइ रहेको छ । 

बैतडीमा पछिल्लो समयमा धानखेती हुने जमीन समेत घट्दै गएको छ । पछिल्लो कृषि गणनाको तथ्यांक अनुसार बैतडीमा ५ हजार २२५ हेक्टर जमीनमा मात्रै धानखेती हुने गरेको छ । ९ हजार हेक्टर जमीनमा धानखेती हुँदै आएको बैतडीमा धानखेती हुने जमीन घटेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । 

जिल्लाको पाटन नगरपालिका क्षेत्रको पाटन सेरा, डिलाशैनीको गोकुलेश्वर क्षेत्र, सिगासको ढुंगाड क्षेत्र, मेलौलीको सलेना, पञ्चेश्वरको महाकालीसंग जोडिएको क्षेत्र, दशरथचन्द नगरपालिकाको महाकालीसंग जोडिएको क्षेत्र, सुर्नयाको सुर्नया नदीसंग जोडिएको क्षेत्र, पुर्चौंडीको हाट क्षेत्रलाई धान पकेट क्षेत्रका रुपमा लिने गरिएको छ । यो बर्ष धान पकेट क्षेत्रमै बर्षाले असर पुर्याएको किसानहरुले बताएका छन् । 
 

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १३:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update