Sagun Khabar
बैतडीमा हावाहुरीले भेटरेनरी अस्पताल भवनको छानो उडायो 
Atrya hospital

बैतडी–बैतडीको पाटनस्थित भेटरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको एक भवनमा हावाहुरीले क्षति पुर्याएको छ । शुक्रबार बिहान ११ बजेतिर बर्षासंगै आएको हावाहुरीले चारकोठे भवनको छानो उडाएको भेटरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका नायब सुब्बा बिरसिंह महराले बताए । 

कार्यालय प्रमुखको निवासको रुपमा प्रयोग भइरहेको भवनको छानो हावाहुरीले उडाएको हो । भवनको छानो हावाहुरीले उडाएपछि भवनको पर्खालमा समेत समान्य क्षति पुगेको नायब सुब्बा महराले बताए । हावाहुरीले भवनमा झण्डै ८ लाख जतिको क्षति भएको अनुमान गरिएको छ । 
 

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १२:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update