Sagun Khabar
बैतडीमा बिहीबार नयाँ संक्रमितको संख्या शुन्य, एकजना संक्रमणमुक्त 
Atrya hospital

बैतडी –बैतडीमा बिहीबार नयाँ संक्रमितको संख्या शुन्य रहेको छ । ३३ जनाको एन्टीजेन परीक्षण गर्दा सबैको रिपोट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै आज एकजना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लामा अहिले ३६ जना सक्रिय संक्रमित रहेका छन् ।

सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा २१ जना, पाटन नगरपालिकामा ४ जना, सिगास गाउँपालिकामा ४ जना, दोगडाकेदार गाउँपालिकामा २ जना, डिलाशैनी गाउँपालिकामा २ जना र सुर्नया गाउँपालिकामा १ जना रहेका छन् । बैतडीमा जिल्ला बाहिरका २ जना सक्रिय संक्रमित रहेका बताइएको छ ।

बैतडीका ४ स्थानीय तहमा तत्कालका लागि कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । मेलौली नगरपालिका, पुर्चौंडी नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा सक्रिय संक्रमित शुन्य रहेका हुन् ।

प्रकाशित मिति: बिहीबार, साउन २१, २०७८  १७:५८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update