Sagun Khabar
बर्षाले सुर्नया– ६ धुलिधारमा एक घर भत्कियो, तीन घर पहिरोको जोखिममा 

बैतडी–बुधबाररातिदेखि शुक्रबारसम्मको भारी बर्षाले बैतडीको सुर्नया ६ धुलिधारमा एक घर भत्किएको छ । शुक्रबार दिउँसो स्थानीय जनकराज अवस्थीको घर भत्किएको हो । 

घर भत्किँदा उनको गोठामा बाँधेका एक होल गोरुलाई समान्य चोट लागेको स्थानीय नवराज अवस्थीले जानकारी दिए । 

Atrya hospital

यस्तै सुर्नया ६ धुलिधारकै अम्बादत्त पन्त, चन्द्रदेव पन्त र पदमराज अवस्थीको घर पहिरोको उच्च जोखिममा परेको छ । बर्षाका कारण खसेको पहिरोले उनीहरुका घर जोखिममा परेका हुन् । 

पहिरोले अम्बादत्त पन्त र चन्द्रदेव पन्तको बारीमा लगाएको बन्दा समेत नष्ट भएको बताइएको छ । 
 

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १०:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update