Sagun Khabar
अवरुद्ध दशरथचन्द राजमार्ग र महाकाली लोकमार्ग सुचारु 
Atrya hospital

बैतडी –लगातारको बर्षाका कारण खसेको पहिरोले अवरुद्ध बनेको दशरथचन्द राजमार्ग र महाकाली लोकमार्ग सुचारु भएको छ । दुवै राजमार्गमा खसेको पहिरो पन्छ्याइएपछि शुक्रबार रातिदेखि नै राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । 

दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको दशरथचन्द नगरपालिका १ गुरुखोलामा पहिरो खसेको थियो । उक्त पहिरो हिजो राति पन्छ्याएर सडक सुचारु गरिएको हो । 

यस्तै महाकाली लोकमार्ग अन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका ४ सिल्लेक र वडा नं ६ सलसेनामा खसेको पहिरो पन्छ्याएपछि हिजो रातिदेखि नै सडक सुचारु भएको प्रहरी निरीक्षक पाण्डेयले बताए । 

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  ०७:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update