Sagun Khabar
सुर्नयामा वक्तृत्वकला प्रतियोगिता स्थगित 

बैतडी–बैतडीको सुर्नया गाउँपालिकामा राष्ट्रिय बालअधिकार दिवसको अवसरमा गर्ने भनिएको वक्तृत्वकला प्रतियोगिता स्थगित गरिएको छ । भोलि शनिबार गाउँपालिकाको प्रांगणमा गर्ने भनिएको प्रतियोगिता मौसम प्रतिकूल भएका कारण स्थगित गरिएको जनाइएको छ । 

गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दै राष्ट्रिय बालअधिकार दिवस भदौ २९ गतेका दिन गर्ने भनिएको कक्षा ९ देखि १२ का विद्यार्थीहरु सहभागी माविस्तरीय वक्तृत्वकला प्रतियोगिता स्थगित भएको जनाएको छ । 

Atrya hospital

प्रतिकूल मौसमका कारण विद्यार्थीहरुलाई आवतजावतमा समस्या हुने भएकाले प्रतियोगिता स्थगित गरिएको गाउँपालिकाका शिक्षा सहायक गणेश कुँवरले जानकारी दिए । 

ss1-1726213691.jpg
 


 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १२:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update