Sagun Khabar
दार्चुला जिप दुर्घटना अपडेट : यी हुन् १० जना घाइते 

दार्चुला –दार्चुलामा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । 

गोकुलेश्वरबाट दार्चुला सदरमुकामतर्फ गइरहेको से १ ज १०२२ नम्बरको जिप मालिकार्जुन गाउँपालिका ७ धामीगडा भन्ने स्थानमा दुर्घटनामा परेको हो । 

Atrya hospital

बिहीबार साढे १२ बजेको समयमा जिप अनियन्त्रित भइ नालीमा खस्दा जिपमा सवार १० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक छत्र रावतले जानकारी दिए । 

घाइते हुनेमा दार्चुलाको मालिकार्जुन गाउँपालिका ७ थप्तोलीकी ४९ बर्षीया मानमती जोशी, नौगाड गाउँपालिका ६ रैँचुका ३४ बर्षीया धनजीत धामी र उनकी ९ बर्षकी छोरी सुन्तली धामी, शैल्यशिखर नगरपालिका ९ नायलकी ४५ बर्षीया राधा पार्की, उनका १४ बर्षीय छोरा आकाश पार्की र २० बर्षीया छोरा सुशील पार्की रहेका छन् । 

यस्तै भारतको धार्चुलाका ३४ बर्षीय भुपेन्द्र भट्ट, उनकी ३२ बर्षीया श्रीमती पार्वती भट्ट र ९ बर्षीया छोरी तनुजा भट्ट पनि घाइते भएकी छिन् । यस्तै ठेगाना नखुलेकी ६५ बर्षीया मानमती ओड पनि घाइते भएकी प्रहरी निरीक्षक रावतले बताए । 

घाइते मध्ये ९ जनाको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । उनीहरु सबैको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । घाइते भएका आकाश पार्की भने उपचारपछि घर फर्किसकेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

चालकलाई नियन्त्रणमा लिएर घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १४:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update