Sagun Khabar
पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध 

बझाङ –लगातारको बर्षाका कारण खसेको पहिरोले बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । 

तमैल बजारनजिकै जालेबगरमा पहिरो झरेपछि बिहीबार बिहान ५ बजेदेखि राजमार्ग अवरुद्ध भएको हो ।

Atrya hospital

सडक अवरुद्ध भएपछि बझाङबाट छुट्ने र भित्रिने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् ।

बिहीबार बिहान बझाङबाट धनगढी, काठमाडौं, महेन्द्रनगर, डडेल्धुराका लागि छुटेका र त्यहाँबाट बझाङ भित्रिने गाडीहरू रोकिएका छन् । सडक खुलाउन एक्स्काभेटर आएको तर, पहिरो झर्न नरोकिँदा खुलाउन समस्या भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १३:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update