Sagun Khabar
बैतडीको गोकुलेश्वर कृषि कलेजमा अध्यननरत चौधरीको जण्डीसका कारण मृत्यु 
Atrya hospital

बैतडी –बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ६ ककरपाखास्थित गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजमा अध्ययनरत एक विद्यार्थीको मृत्यु भएको छ । कैलालीको लम्किचुहा नगरपालिका घर भइ हाल गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजमा चौथो सेमेस्टरमा अध्ययनरत २१ वर्षीय गोपाल चौधरीको जन्डिसका कारण बुधबार राती मृत्यु भएको हो ।

चौधरीको मृत्युको समाचार पाएपछि गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजमा अध्ययनरत विद्यार्थी शोकमाग्न भएका छन् । यस्तै कलेज प्रशासनले पनि कलेजका विद्यार्थीको ज्यान गएपछि दुःख व्यक्त गरेको छ । 

चौधरी पढाईका साथसाथै खेल क्षेत्रमा समेत रुचि राख्ने विद्यार्थीको रुपमा चिनिएका थिए कलेजका मिलनसार विद्यार्थी गोपाल चौधरीको मृत्युको खबरले निकै मर्माहित बनाएको उक्त कलेजमा अद्ययनरत विद्यार्थी प्रकाशसिंह धामीले बताए ।
 

प्रकाशित मिति: बिहीबार, साउन २१, २०७८  १७:१८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update