Sagun Khabar
निङ्गलाशैनी मावि देहीमाण्डौंमा निशुल्क अतिरिक्त कक्षा, शैक्षिक गुणस्तरमा सुधार ल्याउने उद्देश्य 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका –२ स्थित निङ्गलाशैनी मावि देहीमाण्डौंले अतिरिक्त कक्षा सञ्चालनमा ल्याएको छ । कक्षा ८,१० र १२ मा अध्ययनरत विद्यार्थीहरुका लागि अतिरिक्त कक्षा सञ्चालनमा ल्याइएको प्रधानाध्यापक प्रेमसिंह बोहराले बताए । 

अंग्रेजी र गणित बिषय अध्यापनका लागि निशुल्क अतिरिक्त कक्षाको व्यवस्थापन गरिएको उनले बताए । विद्यालय समयबाहिर अतिरिक्त कक्षा सञ्चालन गर्ने गरिएको छ । 

Atrya hospital

निङ्गलाशैनी माविको शैक्षिक गुणस्तर सुधारका लागि अतिरिक्त कक्षा सञ्चालनमा ल्याइएको प्रधानाध्यापक बोहराको दाबी छ । सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर खस्कीरहेका बेला निङ्गलाशैनी माविले अतिरिक्त कक्षा सञ्चालनमा ल्याएको हो । 

अतिरिक्त कक्षाका माध्यमबाट विद्यार्थीहरुको शिक्षण सिकाईलाई प्रभावकारी बनाउने उद्देश्य रहेको प्रधानाध्यापक बोहराले बताए । 

सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि अभिभावकहरुले समेत ध्यान दिनुपर्नेमा प्रधानाध्यापक बोहराले जोड दिए । उनले भने ‘सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारमा अभिभावकहरुको समेत महत्वपूर्ण भूमिका हुन्छ । यसमा अभिभावकहरुको सक्रियता आवश्यकता छ ।’

निङ्गलाशैनी माविले अतिरिक्त कक्षा सञ्चालन गरेर शिक्षण सिकाइ उपलब्धीमा सुधार ल्याउने प्रयास गरिरहेको विद्यालयका शिक्षक तिलक बोहराले बताए ।यसमा सर्वपक्षीय सहयोगको आवश्यकता रहेको उनले बताए । 

वि.सं.२००४ सालमा स्थापना भएको निङ्गलाशैनी माविमा कक्षा १२ सम्मको पढाई हुने गरेको छ । उक्त विद्यालयमा ६ सय जना विद्यार्थी अध्ययनरत रहेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १२:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update