Sagun Khabar
बैतडीसहित सुदूरपश्चिमका ६ जिल्लामा मुसलधारे बर्षाको सम्भावना 

बैतडी –बैतडीसहित सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा बर्षा भइरहेको छ । बुधबारराति देखि नै बर्षा शुरु भएको भएपनि आजराति बैतडीसहितका सुदूरपश्चिमका ६ जिल्लामा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार आज बेलुकीदेखि पर्सि शनिवार बिहानसम्म बैतडीसहित डडेल्धुरा, डोटी, अछाम कैलाली र कञ्चनपुरमा ठूलो पानी पर्न सक्ने सम्भावना छ । यस्तै बर्दिया र सुर्खेतमा पनि ठूलो पानी पर्न सक्ने अनुमान रहेको छ । 

Atrya hospital

ठूलो पानी पर्ने ठाउँमा बाढी, पहिरो, डुवान तथा गेग्रान बहावको जोखिम रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । 

यस्तै बैतडी, डडेल्धुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर भएर बग्ने नदी तथा स–साना खोलाहरुमा आकस्मिक बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १०:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update