Sagun Khabar
बैतडीसहित सुदूरका ६ जिल्लामा भारी बर्षाको सम्भावना 

बैतडी–भोलि बिहीवार बेलुकादेखि शनिवार बिहानसम्म मनसुन सक्रिय हुने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विशेष मौसमी बुलेटिन निकालेर सुदूरपश्चिमका ६ जिल्लासहित देशका धेरै ठाउँमा तीन दिनसम्म पानी पर्ने पूर्वानुमान गरेको छ । 

Atrya hospital

सुदूरपश्चिमका बैतडीसहित डडेल्धुरा, अछाम, डोटी, कैलाली र कञ्चनपुरमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै बर्दिया र सुर्खेतमा पनि ठूलो पानी पर्ने अनुमान गरिएको छ । 

महाशाखाले पानी पर्दा हुनसक्ने बाढी, पहिरो, डुबान तथा गेग्रान बहावको जोखिम, ठूला तथा साना नदी नाला र खोलामा बढ्न सक्ने पानीको सतहलाई ख्याल गरी सावधानी अपनाउन आग्रह गरेको छ । 
 

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १८:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update