Sagun Khabar
सुर्नयाले बालदिवसको अवसरमा माविस्तरीय वक्तृत्वकला प्रतियोगिता सञ्चालन गर्ने 

बैतडी –बैतडीको सुर्नया गाउँपालिकाले राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माविस्तरीय वक्तृत्वकला प्रतियोगिता सञ्चालन गर्ने भएको छ । 

गाउँपालिकाले एक सूचना जारी गर्दै पालिकाभित्र रहेका कक्षा ९ देखि १२ सम्म पढाई हुने विद्यालयहरुलाई प्रतियोगितामा सहभागिता जनाउन आग्रह गरेको छ । मानव जीवनमा विज्ञान र प्रविधिको प्रभाव बिषयक वक्तृत्वकला प्रतियोगितामा प्रत्येक विद्यालयबाट एक जना छात्र वा छात्रा सहभागी गराउन सकिने उल्लेख गरिएको छ । 

Atrya hospital

प्रतियोगितामा प्रथम हुनेलाई नगद चार हजार, दोश्रो हुनेलाई नगद तीन हजार पाँच सय, तेश्रो हुनेलाई तीन हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई नगद दुई हजार पुरस्कार दिइने गाउँपालिकाले जनाएको छ । 

हरेक बर्ष भदौ २९ गतेका दिन राष्ट्रिय बाल अधिकार दिवस मनाउने गरिएको छ । यो बर्ष बालबालिकामा लगानि :सुनिश्चित भविष्यको थालनी नारासहित दिवस मनाउने तयारी भएको छ । 

बालबालिकाहरुको अतिरिक्त क्षमताको वृद्धि विकासमा सहयोग पुर्याउन राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता राखिएको बताइएको छ । 

प्रतियोगितामा सहभागी हुने विद्यालयहरुले सहभागी छात्रछात्राको नामसहित भदौ २८ गतेभित्र पालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखामा दर्ता गर्नुपर्ने उल्लेख गरिएको छ । सुर्नया गाउँपालिकाभित्र कक्षा ९ देखि १२ सम्म पढाई हुने १३ ओटा विद्यालय रहेका गाउँपालिकाका शिक्षा सहायक गणेश कुँवरले जानकारी दिए । 

गाउँपालिकाको प्रांगणमा सञ्चालन हुने प्रतियोगितामा सहभागिताका लागि सबै सरोकारवालाहरुलाई आमन्त्रण समेत गरिएको कुँवरले बताए । 

Surnaya-bal-diwas-1-1726057129.jpg
 

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १८:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update