Sagun Khabar
बैतडीमा साउन २३ र २४ गते कोरोना विरुद्ध जोन्सन एण्ड  जोन्सन  खोप लगाइने 

बैतडी –बैतडीमा कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोप पनि लगाइने भएको छ । यही साउन २३ र २४ गते जिल्लाभरी जोन्सन एण्ड जोन्सन खोप दिइने स्वासथ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । 

५० देखि ५४ बर्ष उमेर समूहका सबै नागरिकलाई खोप लगाउने हिसाबले तयारी भईरहेको उनले बताए  । जोन्सन एण्ड जोन्सन खोप एक मात्रा मात्रै दिने गरिन्छ । 

Atrya hospital

यसअघि साउन १७ गतेदेखि आज सम्म भेरोसेल खोप लगाउने अभियान सञ्चालन भएको थियो । भेरोसेल खोप ५५ देखि ६० बर्ष उमेरक समूहका नागरिक, विद्यालयका शिक्षक र कर्मचारी, कलेजका प्राध्यापक र कर्मचारी, सवारी साधनका चालक र सहचालकलाई लगाइएको छ । 

जोन्सन एण्ड जोन्सन खोप अब ५० देखि ५४बर्ष उमेर समूहका नागरिकलाई लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा जोन्सन एण्ड जोन्सन खोपको ११ हजार ५ सय डोज जिल्लामा आइपुगेको छ । प्रत्येक वडाका खोप केन्द्र मार्फत खोप दिइने बताइएको छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन २१, २०७८  १६:२१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update