Sagun Khabar
पहिरोले बाटो भत्काएपछि विद्यालय आवतजावतमै समस्या 

बैतडी–बैतडीको सुर्नया गाउँपालिका वडा नं ६ का विभिन्न स्थानमा पहिरोले बाटो भत्काएपछि विद्यार्थीहरुलाई विद्यालय आवतजावतमै समस्या भएको छ । भदौ १३ गते रातिको भारी बर्षाले बाटोघाटो भत्काएपछि विद्यार्थीहरुलाई विद्यालय आवतजावतमा समस्या भएको सुर्नया गाउँपालिका ६ घोगेडाका स्थानीय जगदीश कुँवरले जानकारी दिए । 

घोगेडा खोलामा आएको बाढी र विभिन्न ठाउँमा खसेको पहिरोले बाटो भत्काएपछि बालबालिकाहरुलाई विद्यालय आवतजावतमा समस्या भएको उनले बताए । 

Atrya hospital

यस्तै पहिरोले बाटो भत्काएपछि बैतडीको सुर्नया गाउँपालिका वडा नं ६ को धुलिधार र वडा नं ५ को धुलिधारका विद्यार्थीहरुलाई विद्यालय आवतजावतमा समस्या भएको छ । 

केही दिन पहिलाको बर्षाले सुर्नया ६ को गोफाखोलास्थित कच्ची सडकमा पहिरो खस्दा बाटो अवरुद्ध भएको विद्यार्थी रमेश बिष्टले बताए । गोफाखोला भन्ने स्थानमा पहिरो खस्दा विद्यार्थीहरु विद्यालय जानबाट वञ्चित भएका छन् । 
यस्तै धुलिधारबाट अर्को गाउँ जान समेत समस्या भएको स्थानीयहरुले बताएका छन् । गोफाखोलामा कच्ची सडक भत्केर बाटोमा आवतजावत गर्न समेत समस्या भएको बिष्टले बताए । 

पहिरोले बाटो भत्काएका ठाउँमा बाटो मर्मतको पहल भइरहेको सुर्नया गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष मदनराज अवस्थीले बताए । 

गोफाखोलामा खसेको पहिरो आज पन्छ्याउने तयारी भएको उनले बताए । गाउँपालिकाको जेसीबी लगाएर पहिरो पन्छाएर बाटो सुचारु गरिने वडा अध्यक्ष अवस्थीले बताए । 

यस्तै घोगेडामा बाढी र पहिरोले भत्काएको बाटो मर्मतका लागि कामदार खटाइने उनले बताए ।  वडा कार्यसमितिको बैठक बसेर बाटो मर्मतका लागि आवश्यक निर्णय गरिने उनले बताए । 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १०:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update