Sagun Khabar
नेपाल टेलिकम बैतडी भन्छ - टावरमा तोडफोड भएको छैन गलत सूचना फैलियो 

बैतडी - बैतडीमा गतहप्ता नेपाल टेलिकमको टावरमा तोडफोड गरिएको भनिएपनी नेपाल टेलिकम बैतडीले भने टेलिकम टावरमा कुनै तोडफोड नभएको बताएको छ ।जिल्लाको सिगास गाउँपालिका–१ जुकेपानीमा रहेको नेपाल टेलिकमको टावर अज्ञात समूहले तोडफोड गरिएको भनिएको सूचना गलत रहेको नेपाल टेलिकम बैतडी शाखा प्रमुख सुजित प्याकुरेलले बताएकाछन । 

तोडफोड गरिएको भनिएको टेलिकमको टावर जिल्लाको सिगास गाउँपालिकाको स्थानीय गाजरी बजारबाट ३ घण्टाको पैदल दुरीमा रहेको छ। नेपाल टेलिकमको टावरमा कृषि बैंकको बैंक प्रयोजनको लागि राखिएका छुट्टै ब्याट्री , तार र सोलारपातामा तोडफोड गरिएको र नेपाल टेलिकमको तारमा सामान्य क्षती मात्र भएकाले टावर सुरक्षीत रहेको नेपाल टेलिकम शाखा बैतडीले जनाएको छ । नेपाल टेलिकम को टावर संगै कृषि बिकास बैंक गाजरी को ईन्टरनेट को लागि टेलिकमको टावरमा ईन्टरनेट उपकरण राखिएका थिए । भदौ १५ गतेबाट बैङ्कमा इन्टरनेट नचलेपछि बैङ्कका कर्मचारी टावर हेर्न जाँदा टावर तोडफोड गरिएको अवस्थामा भेटिएको सोही बैंकमा कार्यरत एक जना कर्मचारी ले बताएका छन। 

Atrya hospital


ईन्टरनेटका उपकरण सहित टावर क्षति भएको बारेमा प्रहरीलाई जानकारी भएपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो । घटनास्थलमा प्रहरी पुगे पनि तोडफोडको घटना कसरी भयो भन्ने कुरा खुल्न सकेको छैन । घटना व्यक्ति अथवा समूह कसले गराएको हो भन्ने कुरा एकीन हुन नसकेकाले घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले बताए । 

सोलारको माध्यमबाट चल्ने गरेको उक्त टावरमा कृषि बिकास बैंकको ईन्टरनेट प्रयोजनको लागि छुट्टै पावर सप्लाई गर्न बैंकको तर्फबाट राखिएका छुट्टै ब्याट्री र सोलारमा तोडफोड गरी काम नलाग्ने अवस्थामा पुर्याएको छ ।
 

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  १९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update