Sagun Khabar
बैतडीमा एक किशोर मृत फेला
Atrya hospital

बैतडी- बैतडीमा एक किशोर मृत फेला परेका छन् । जिल्लाको सुर्नया गाउँपालिका वडा नं ३ डुङ्गरीका १३ वर्षिय किशोर लक्ष्मण सिंह ऐरी आफ्नै घर भित्र झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

शनिवार बिहान ९ बजे घर भित्र उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।

उनले किन आत्महत्या गरे खुलि नसकेको र घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए । 

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  १८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update