Sagun Khabar
पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग खुल्यो 
Atrya hospital

बैतडी –पहिरोका कारण गएको आइतबारदेखि अवरुद्ध भएको जयपृथ्वी राजमार्ग आज दिउँसोदेखि सुचारु भएको छ । पहिरो खसेको ठाउँमा पर्खाल लगाउने कार्य सम्पन्न भएपछि आज दिउँसोदेखि राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए । 

सो सडक अन्तर्गत बैतडीको पाटन नगरपालिका ८ झौलेक मोडमा सडक तलतिरबाट पहिरो खसेको थियो । सडक तलतिरबाट ठूलो पहिरो खस्दा गएको आइतबारदेखि सडक अवरुद्ध भएको थियो । अवरुद्ध सडक खुलाउने कार्य सोमबारदेखि शुरु भएपनि आज काम सकिएपछि सडक सुचारु भएको हो । 

सडक सुचारु भएसंगै जयपृथ्वी राजमार्गमा सवारी साधान सञ्चालनमा आएका छन् । बझाङ जाने र बझाङबाट अन्यत्र जिल्लाका लागि छुटेका सवारी साधन गन्तव्य तर्फ लागेका प्रहरी निरीक्षक ओझाले बताए । 
 

प्रकाशित मिति: बिहीबार, साउन २१, २०७८  १५:५६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update