Sagun Khabar
बैतडीस्थित रामेश्वर धाममा दर्शनार्थी बढ्दै 

बैतडी – बैतडीको पाटन नगरपालिका ६ स्थित रामेश्वर धाममा भक्तजनहरुको घुइचो लाग्न थालेको छ । पौराणिक सरयु नदी ( सुर्नया) र रामगंगाको नजिक रहेको धाम नै रामेश्वर धाम भएकाले यसको महत्व बढ्दै गएको स्थानीय संस्कृतिका जानकार हरिप्रसाद जोशीले बताए । उनले भने ‘रामेश्वर धाममा भक्तजनहरुको संख्या बढ्दै गएको छ । दैनिक दर्शन गर्नेहरु बढ्दै गएका छन् ।’

पुराणहरुमा वर्णन गरिएको रामेश्वर धाम नै पाटनमा रहेको जोशीले बताए । उनले भने ‘पुराणहरुमा वर्णन गरिएको रामेश्वर धाम नै हाम्रो यहाँ रही आएको छ । हिन्दूधर्माबलम्बीहरुको अगाध श्रद्धास्थल बन्दै गएको छ ।’

Atrya hospital

जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले रामेश्वर धामको गत बर्ष उद्दघाटन गर्नुभएको थियो । अहिले रामेश्वर धाममा दैनिक भजनकीर्तन गर्नेको संख्या बढ्दै गएको स्थानीय सन्तोष जोशीले जानकारी दिए । उनले भने ‘अहिले धाममा टाढाका दर्शनार्थीहरु समेत आउन थालेका छन् । रामेश्वर धामको महिमाका बिषयमा जानकारी भएपछि दर्शनार्थीहरु आउन थालेका हुन् ।’

रामेश्वर धामको प्रचारप्रसार गरेमा धार्मिक पर्यटकहरुलाई भित्र्याउन सकिने जोशीले बताए । पातालभुवनेश्वर धामबाट बगेको रामगंगा र सरयु नदीको तटमा अवस्थित रामेश्वर धामको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । 

श्रावण महिना देवीदेवताका मन्दिरहरुमा पूजाआजा गर्ने चलन रही आए अनुुसार रामेश्वर धाममा पनि पूजापाठ गर्नेको घुइचो लाग्ने गरेको जोशीले बताए । दैनिक तथा मुख्य धार्मिक दिनमा रामेश्वर धाममा दर्शन गर्नेको संख्या बढ्दै गएको उनले बताए । 
 

प्रकाशित मिति: बिहीबार, साउन २१, २०७८  ०८:०८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update