Sagun Khabar
बैतडीमा करेन्ट लागेर एकैघरका दुईजनाको मृत्यु 
Atrya hospital

बैतडी –बैतडीमा करेन्ट लागेर एकैघरका दुईजनाको मृत्यु भएको छ । जिल्लाको सुर्नया गाउँपालिका ५ स्वालीका २१ बर्षीय सन्तोष चन्द र १८ बर्षीय अमृत चन्दको करेन्ट लागेर मृत्यु भएको रौलेश्वर प्रहरीचौकीका प्रमुख प्रहरी सहायक निरीक्षक निरीक्षक भानबहादुर चन्दले जानकारी दिए । 

बुधबार राती सवा ९ बजेतिर दुवै जनालाई करेन्ट लागेको बताइएको छ । उनीहरुलाई जंगली बँदेलका लागि थापेको विद्युतीय धरापमा परेर करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए  । मृतक दुवैजना सहोदर दाजुभाई हुन् । घटनाका बिषयमा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट टोली खटाइएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । 

प्रकाशित मिति: बिहीबार, साउन २१, २०७८  ०६:३७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update