Sagun Khabar
सुदूरपश्चिममा बुधबार थप ४९ जनामा कोरोना पुष्टि, १४ जना संक्रमणमुक्त 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा बुधबार थप ४९ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशभरी ६८६ जनाको नमूना परीक्षण गर्दा थप ४९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १४ जना संक्रमणमुक्त भएका छन् । बुधबार सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको निर्देशनालयले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, साउन २०, २०७८  १८:०९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update