Sagun Khabar
विद्यार्थीलाई शैक्षिक सामग्री वितरण 

बैतडी–बैतडीको एक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । 

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौं बार्षिकोत्सवको अवसरमा पाटन नगरपालिका वडा नं ३ बुङडास्थित सिगास आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो । 

Atrya hospital

सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार ५६ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका बैतडी शाखा प्रमुख लोकेन्द्र बिष्टले बताए । 

विद्यालयमा शुक्रबार एक कार्यक्रमको आयोजना गरेर शैक्षिक सामग्री वितरण गरिएको हो । उक्त कार्यक्रममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका प्रतिनिधि, विद्यालयका शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update