Sagun Khabar
कैलालीमा साउन मसान्त सम्म थपियो निषेधाज्ञा 
Atrya hospital

कैलाली –कैलालीमा जारी निषेधाज्ञा फेरि लम्बाइएको छ । निषेधाज्ञालाई थप खुकुलो पार्दै साउन मसान्त सम्म निरन्तरता दिएको निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले बताए । 

साउन ११ ११ गते जारी आदेशअनुसार पूर्व निर्धारित परीक्षा संचालन गर्दा एक कोठामा २५ जनालाई मात्र राख्न पाउने, गोष्ठी, तालिम, सेमिनार, बैठक संचालन गर्दा बढीमा २५ जना राख्न पाइने छ। यस्तै व्यापार व्यवसाय र सार्वजनिक सवारी साधन भने यथावत रुपमा संचालन हुनेछन् । 

कोभीड संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, साउन २०, २०७८  १७:५९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update