Sagun Khabar
कैलालीमा १४ बर्षीय किशोरीमाथि बलात्कार गरेको आरोपमा एकजना पक्राउ 
Atrya hospital

कैलाली – कैलालीमा १४ बर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । जिल्लाको जानकी गाउँपालिका–६ का४२ वर्षीय धरमविर चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए ।

प्रहरीका अनुसार चौधरीले ती किशोरीलाई आफ्नै घरमा जबरजस्ती करणी गरेका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बिष्टले बताए।
 

प्रकाशित मिति: बुधबार, साउन २०, २०७८  १७:२७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update