Sagun Khabar
बैतडीमा बुधबार ६ जना संक्रमणमुक्त, थप एकजनामा कोरोना पुष्टि 

बैतडी –बैतडीमा बुधबार ६ जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा रहेका संक्रमित मध्ये ६ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै आज सिगास गाउँपालिकाका थप एकजनामा कोरोना पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा एकजनामा कोरोना पुष्टि भएको हो ।

जिल्लामा अहिले ३७ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा २१ जना, पाटन नगरपालिकामा ४ जना, सिगास गाउँपालिकामा ४ जना, दोगडाकेदार गाउँपालिकामा २ जना, डिलाशैनी गाउँपालिकामा २ जना र सुर्नया गाउँपालिकामा १ जना रहेका छन् ।

Atrya hospital

बैतडीमा जिल्ला बाहिरका ३ जना सक्रिय संक्रमित रहेका बताइएको छ । बैतडीका ४ स्थानीय तहमा तत्कालका लागि कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

मेलौली नगरपालिका, पुर्चौंडी नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा सक्रिय संक्रमित शुन्य रहेका हुन् । 

प्रकाशित मिति: बुधबार, साउन २०, २०७८  १६:३३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update