Sagun Khabar
बैतडीको मेलौलीमा विद्यालय सञ्चालन 
Atrya hospital

बैतडी –बैतडीको मेलौली नगरपालिकाले विद्यालय सञ्चालनमा ल्याएको छ । कोरोना कहरका कारण लामो समयदेखि विद्यालय बन्द रहेकाले कोरोनाको संक्रमणदर केही घटेपछि विद्यालय सञ्चालन गर्ने निर्णय भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिशप्रकाश भट्टले जानकारी दिए । 

अहिले मेलौली नगरपालिकामा सक्रिय संक्रमितको संख्या शुन्य रहेकाले साउन १० गते विद्यालय सञ्चालनमा ल्याउन नगरपालिकाले निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार कतिपय ठाउँमा विद्यालय सञ्चालनमा आएका छन् भने कतिपय ठाउँमा सामुदायिक कक्षा र टोल कक्षा सञ्चालन भईरहेका शिक्षा शाखा प्रमुख भट्टले जानकारी दिए । उनले भने ‘जोखिम भएका ठाउँमा टोल कक्षा सञ्चालन गर्न भनेका छौं । जोखिम नभएका ठाउँमा विद्यालय सञ्चालन भईरहेका छन् ।’

मेलौली नगरपालिकामा ४६ ओटा सामुदायिक विद्यालय रहेका छन् । विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा कमी आउन थालेपछि नगरपालिकाले विद्यालय खोल्ने निर्णय गरेको हो । स्वास्थ्यका मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न आग्रह गरिएको शिक्षा शाखा प्रमुख भट्टले बताए  । उनले भने ‘जनस्वास्थ्यका मापदण्ड पालना गरेर विद्यालय सञ्चालन भईरहेका छन् । विद्यार्थीहरुको भविष्यलाई ध्यानमा राखेर हामीले विद्यालय सञ्चालन गर्ने निर्णय गरेका हौं ।’

प्रकाशित मिति: बुधबार, साउन २०, २०७८  ०६:२६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update