Sagun Khabar
बैतडीको मेलौलीमा एमालेको प्रशिक्षण सम्पन्न 

बैतडी–नेकपा एमालेले बैतडीको मेलौलीमा दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आइतबारदेखि शुरु भएको दुईदिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको एमाले मेलौली नगर कमिटिका अध्यक्ष भीमदत्त भट्टले बताए । 

कार्यकर्ताहरुलाई पार्टीको नीति, सिद्धान्त र आगामी कार्यदिशाका बारेमा जानकारी दिनका लागि प्रशिक्षणको आयोजना गरिएको एमाले मेलौली नगर कमिटिका सचिव सुरेन्द्रप्रसाद भट्टले बताए । 

Atrya hospital

कार्यकर्ताहरुलाई एमाले बैतडीका इञ्चार्ज लिलाधर भट्ट, एमाले बैतडीका अध्यक्ष नरेश विक, प्रदेश कमिटि सदस्य नरेन्द्र बिष्ट, जिल्ला सचिवालय सदस्य निर्मल पाण्डे लगायतले प्रशिक्षण दिएका थिए । 

प्रशिक्षण कार्यक्रम सम्पन्न भएसंगै विभिन्न पार्टी परित्याग गरेर ७ जनाले एमालेमा प्रवेश गरेको नगर कमिटि अध्यक्ष भट्टले बताए । 

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  ०८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update