Sagun Khabar
सेटीगाउँ बहुमुखी क्याम्पसको बार्षिकोत्सव सम्पन्न 

बैतडी–बैतडीको डिलाशैनी गाउँपालिका–६ स्थित सेटीगाउँ बहुमुखी क्याम्पस गोकुलेश्वरको १४ औं बार्षिकोत्सव विविध कार्यक्रमका साथ आइतबार सम्पन्न भएको छ । 

क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष किसनसिंह थलालको अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सव समारोहमा डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशी प्रमुख अतिथी रहेका थिए । 

Atrya hospital

बार्षिकोत्सव समारोहमा डिलाशैनी गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष उत्तरबहादुर बोहरा, क्याम्पसका संस्थापक अध्यक्ष उत्तमबहादुर चन्द, डिलाशैनी गाउँपालिकाका शिक्षा शाखा प्रमुख महादेव भट्ट लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो । 

बार्षिकोत्सव समारोहमा क्याम्पस प्रमुख राजेन्द्रप्रसाद जोशीले बार्षिक प्रतिवेदन प्रस्तुत गरेको सहायक क्याम्पस प्रमुख दिनेशराज भट्टले बताए । 

बार्षिकोत्सवको अवसरमा विभिन्न प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुका साथै सांस्कृति कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । 

२०६७ सालमा स्थापना भएको सेटीगाउँ बहुमुखी क्याम्पस त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त सामुदायिक क्याम्पस हो । यो क्याम्पसमा शिक्षा शास्त्र संकाय र व्यवस्थापन संकायमा स्नातक तहसम्मको पढाई हुने गर्दछ । 
सेटीगाउँ बहुमुखी क्याम्पसमा झण्डै साढे ५ सय विद्यार्थी अध्ययनरत रहेका क्याम्पस प्रमुख जोशीले बताए ।

a-1724048576.jpg
b-1724048593.jpg
 

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १२:०८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update