Sagun Khabar
बैतडीमा मंगलबार थप ७ जनामा कोरोना पुष्टि 
Atrya hospital

बैतडी –बैतडीमा मंगलबार थप ७ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा दशरथचन्द नगरपालिकाका ६ जना र बर्दियाका एकजनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या ४१ पुगेको छ ।

सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा २३ जना, पाटन नगरपालिकामा ५ जना, सिगास गाउँपालिकामा ३ जना र दोगडाकेदार गाउँपालिकामा ३ जना रहेका छन् । यस्तै डिलाशैनी गाउँपालिकामा २ जना, पञ्चेश्वर गाउँपालिका र सुर्नया गाउँपालिकामा एक÷एक जना सक्रिय संक्रमित रहेका छन् ।

बैतडीमा जिल्ला बाहिरका ३ जना सक्रिय संक्रमित रहेको बताइएको छ । बैतडीका तीन स्थानीय तहमा तत्कालका लागि कोरोनाका सक्रिय संक्रमितको संख्या शुन्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । मेलौली नगरपालिका, पुर्चौंडी नगरपालिका र शिवनाथ गाउँपालिकामा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका हुन् ।  

प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८  १५:५६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update