Sagun Khabar
बैतडीका तीन स्थानीय तहमा ५ हजार बढीले भेरोसेल खोपको पहिलो मात्रा लगाए 

बैतडी –बैतडीमा कोरोना विरुद्धको खोप अभियान अन्तर्गत तीनओटा पालिकाका ५ हजार २५२ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन् । यही साउन १७ गतेदेखि सञ्चालन भएको खोप अभियानमा पाटन नगरपालिका, डिलाशैनी गाउँपालिका र दोगडाकेदार गाउँपालिकाका ५ हजार बढी नागरिकले भेरोसेल खोपको पहिलो मात्रा लगाएका स्वास्थ्य कार्यालयले जनाएको छ । 

पाटनमा २ हजार २८४ जना, दोगडाकेदारमा १ हजार ५५० जना र डिलाशैनीमा १ हजार ४१८ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । 

Atrya hospital

यी तीनओटै पालिकामा साउन १७ र १८ गते खोप अभियान सञ्चालन भएको थियो । आजदेखि पुर्चौंडी नगरपालिका र सिगास गाउँपालिकामा खोप लगाउने कार्य शुरु हुने स्वास्थ्य कार्यालयले जनाएको छ । साउन १७ देखि शुरु भएको अभियान साउन २१ सम्म सञ्चालन हुने छ । यस्तै भोलीदेखि दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका, पञ्चेश्वर गाउँपालिका र सुर्नया गाउँपालिकामा पनि खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर निरीक्षक हरिश भट्टले बताए । 

खोप अभियान अन्तर्गत ५५ देखि ६० बर्ष उमेर समूहका नागरिक, विद्यालयका शिक्षक, कर्मचारी, कलेजका प्राध्यापक, कर्मचारी, सवारी साधनका चालक र सहचालक, यस्तै यसअघि खोप लगाउन छुटेका अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई खोप लगाउने कार्य भईरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

भेरोसेलको पहिलो मात्रा लगाएका नागरिकलाई २८ दिन भित्र दोश्रो मात्रा दिइने स्वास्थ्य कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८  ०७:३१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update