Sagun Khabar
बैतडीमा चट्याङ लागेर एक बालकको मृत्यु 
Atrya hospital

बैतडी –बैतडीमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । सोमबार साँझ परेको चट्याङले बैतडीको दशरथचन्द नगरपालिका ९ मङरुका ९ बर्षीय भरतराम कोलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक बोधराज ओझाले बताए । 

सोमबार साँझ ६ बजेतिर घर नजिकैको धारामा पानी भर्न गएका बेला भरतलाई चट्याङ लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको ओझाले बताए । उनीसंगै पानी भर्न गएका अन्य भने सकशुल रहेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८  ०५:५१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update