कैलाली –कैलालीका एक युवकमाथि ठगीको आरोप लागेको छ । प्रहरी अधिकारीसँग आफू पत्रकार भएको भन्दै परिचय दिने र अन्यलाई प्रहरी भनी घुस लिने कैलालीको लम्कीका खेमराज खनाललाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बालाजुबाट पक्राउ गरेको हो । प्रहरीसँग भेट्दा मिडियाको कार्ड र सर्वसाधारणलाई भेट्दा नेपाल प्रहरी लेखेको डोरी झुन्ड्याउने गरेका खनाललाई ठगीको आरोपमा बालाजुबाट पक्राउ परेको परिसरले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, साउन १८, २०७८ १८:०५
प्रतिक्रिया दिनुहोस्