Sagun Khabar
दार्चुलाको तुइन घटनामा संलग्नलाई कारवाही गर्नुपर्ने भन्दै बैतडीमा नेकपाको प्रदर्शन 
Atrya hospital

बैतडी – विप्लव नेतृत्वको नेकपाले दार्चुलाको तुइन घटनामा संलग्नलाई कारवाहीको माग गर्दै बैतडीको पाटनमा प्रदर्शन गरेको छ । शुक्रबार भारतीय एसएसबीले तुइन काटिदिँदा दार्चुलाका जयसिंह धामी महाकाली बेपत्ता भएका छन् । बेपत्ता धामीको खोजी गर्नुपर्ने र सो कार्यमा संलग्न भारतीय सुरक्षाकर्मीलाई कारवाही गर्नुपर्ने भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । 

प्रर्दशनकारीहरूले भारतीय साम्राज्यवाद मुर्दाबाद !  सिमानामा भारतीय ज्यादती बन्द गर ! लिपुलेक, कालापानी बन्द गर ! नेपाल र नेपाली माथिको हत्या हिंसा बन्द गर ! लगायतका नारा लेखिएका प्ले कार्डहरू बोकेका थिए ।

प्रकाशित मिति: सोमबार, साउन १८, २०७८  १७:३२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update