Sagun Khabar
उद्योग मन्त्री भण्डारी र अमेरिकी राजदूत थम्पसनबीच शिष्टाचार भेट
Atrya hospital

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनबीच शिष्टाचार भेट भएको छ । आज बिहान मन्त्रालयमा भएको भेटका क्रममा मन्त्री भण्डारीले नेपाल र संयुक्त राज्य अमेरिकाबिच मैत्रीपूर्ण र सौहार्दपूर्ण सम्बन्ध रहँदै आएको बताउनुहुँदै सम्बन्ध सरकारको तहमा मात्र नभई जनस्तरमा समेत उत्तिकै प्रगाढ रहेको बताउनुभयो । दुई मुलुकले लोकतन्त्र, मानव अधिकार, अहस्तक्षेप, सार्वभौमिक समानता जस्ता विषयमा साझा दृष्टिकोण राख्दै आएको बताउनुभयो ।

अमेरिका नेपाललाई वैदेशिक सहायता प्रदान गर्ने पहिलो मुलुक भएको र नेपालको आर्थिक–सामाजिक विकास र लोकतान्त्रिक संस्थाहरूलाई सुदृढ गर्ने कार्यमा पु¥याएको सहयोगका लागि अमेरिकी सरकारप्रति उच्च कदर व्यक्त गर्नुभयो । संयुक्त राज्य अमेरिकाबाट प्राप्त विकास सहायताले शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, कृषि र वातावरण लगायतका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । मन्त्री भण्डारीले सन् २०२६ मा नेपाल अतिकम विकसित मुलुकबाट विकासोन्मुख मुलुक हुने अवस्था एवम् नेपालको भूपरिवेष्टित अवस्थिति, साँघुरो उत्पादनमूलक क्षेत्र र न्यून उत्पादन क्षमता तथा उत्पादकत्वलाई मध्यनजर गरी नेपाल व्यापार प्राथमिकता कार्यक्रमलाई निरन्तरता दिनको लागि अमेरिकी सरकारसँग आग्रह गर्नुभयो । आगामी दिनमा नेपालमा अमेरिकी लगानी थप विस्तार हुने विश्वास व्यक्त गर्नुभयो । जलविद्युत् तथा अन्य हरित ऊर्जा, सूचना तथा प्रविधि, पर्यटन, उत्पादनमूलक र अन्य क्षेत्रमा लगानी वृद्धिको लागि अधिकतम प्रयासको अपेक्षा व्यक्त गर्नुभयो 

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १८:००
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update