Sagun Khabar
राज्यले बिर्सिएका बिपिन जोशी 

बैतडी – प्यालेस्टाइनी अतिबादी समुह हमासको आक्रमणपछि अपहरणमा परेका बैतडीको दोगडाकेदार गाउँपालिका १ रिमका बिपिन जोशी लाई सम्पर्क मा ल्याउन नेपाल सरकार बाट उचित पहल हुन नसक्दा जोशी को अवस्था अज्ञात रहेको छ । बेला बेला सत्ता परिवर्तन संगै सरकार फेरबदल हुदा मन्त्री , परराष्ट्रमन्त्री र प्रधानमन्त्री ले जोशी को रिहाई को लागि पहल भैरहेको बताएपनी कुर्सी पाए पछि बिपिन जोशी लाई बिर्सिने गरेको जोशी को परिवार ले बताएकाछन । 

 

Atrya hospital

हमासको नियन्त्रणमा रहेको पुष्टि भएका जोशी को  अबस्था अझै अज्ञात रहेको छ । हमास समूहले बन्धक बनाएर गाजातर्फ लगेका मध्ये  विपिन जोशी पनि रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्ताले दूतावासलाई  जानकारी दिएको भए पनि उनको अवस्थाबारे भने अहिलेसम्म यकिन गर्न नसकिएको दूतावासद्धारा जारी विज्ञप्तिमा भनिएको थियो ।

 

तत्कालीन परराष्ट्रमन्त्री एन पि साउद ले जोशी को रिहाइ को लागि पहल भैरहेको भनेर परिवार लाई सहानुभूति दिएको भए पनि पहल गर्न नसक्दा अहिले जोशी परिवार ले बिपिन जोशी लाई सत्ता को एजेडा बनाएर कुर्सिको स्वाद चाखिरहेको बताएकाछन । 

 

बेला बेला परराष्ट्रमन्त्री को कुर्सी समाल्दा जोशी को रिहाई को पहल गर्ने वचन दिदै आएका मन्त्रीहरुले सरकार फेरिदा पनि जोशी को रिहाइ को वचन दिने परम्परा लाई निरन्तरता दिए संगै वर्तमान सरकार का परराष्ट्रमन्त्री आरजु राणा देवबाले पनि सोही परम्परा लाई पछ्याउँदै आफुहरु लाई आसवासन मात्रै दिएको बिपिन जोशी का दाइ किशोर जोशीले बताए । 


राज्य सत्ता समीकरण र फेरबदल को अलमल मा रोमलिएको नेपाल सरकार ले बिपिन जोशी लाई सरकार टुट्ने बेला वा जुट्ने बेला सम्झिए पनि सत्ता समीकरण मा एकरुपता आए पछि बिर्सिने गरेको छ ।
 

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १०:५७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update