Sagun Khabar
पञ्चेश्वर गाउँपालिकामा बिद्युत विस्तारको काम तिव्र

बैतडी - बैतडी को पञ्चेश्वर गाउँपालिका ले बिद्युत विस्तारको काम लाई तिव्र बनाएको छ । कुनै बेला उज्यालो पञ्चेश्वर कार्यक्रम को सुरुवात गरेर सोलार बत्ति बितरण गर्ने पञ्चेश्वर गाउँपालिका ले अहिले बिद्युत विस्तारको काम लाई तिव्र रुप दिइरहेको हो । बिद्युत विस्तारको काम लाई तिब्रता दिए संगै गत आर्थिक बर्ष मा करिब चार सय पचास घरधुरी लाभान्वित हुने गरि बिद्युत बिस्तार को काम गरेको पञ्चेश्वर गाउँपालिका ले वडा नम्बर ३ कुलाउ र वडा नम्बर ४ आमचौरा मा बिद्युत बिस्तार सम्पन्न गरेको छ ।

 

Atrya hospital

जिल्लाको तल्लोस्वराड क्षेत्र अन्तर्गत पर्ने पञ्चेश्वर गाउँपालिकामा बिद्युुत नभएपछि स्थानियहरुले सौर्य उर्जा सोलारद्धारा विद्युत प्रवाह गर्ने लगायतका अन्य कामहरु गर्न बाध्य थिए । तर अहिले पञ्चेश्वर गाउँपालिका का अधिकांश गाउँ बस्ती मा बिद्युत पुग्दै गर्दा र कतिपय ठाउँ मा बिद्युत जडान भैसक्दा नागरिक खुसी भएको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मीन बहादुर चन्द ले बताए । बिद्युत बिस्तारको काम संगै गाउँपालिकाका ६ वटै वडा कार्यालय, पालिकाभरिका विद्यालय, स्वास्थ्य संस्था लगायतका सम्पुर्ण सरकारि कार्यालयहरुमा बिद्युतको पहुँच पुगाउने लक्ष्य गाउँपालिका को भए पनि बिद्युत बिस्तार को काम मा लापरबाही र ठेक्का पट्टा मा त्रुटी भएकाले आफु असन्तुष्ट रहेको वडा नम्बर ३ का अध्यक्ष चन्द ले बताए ।

 

उनले भने बिद्युत बिस्तार को ठेक्का पट्टा मा बेला बेला विवाद मा तानिदै आएको पञ्चेश्वर गाउँपालिका लाई ठेकेदार कै कारण पालिका भरी बिद्युत बिस्तार को लक्ष्य पूरा गर्न चुनौती भएको छ । अहिलेसम्म पञ्चेश्वर गाउँपालिका ले पालिका का लगभग १५०० सय भन्दा बढी घर धुरी मा बिद्युत पुर्‍याइसकेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update