Sagun Khabar
किसानहरुलाई आधा अनुदानमा फलफुलका बोट बितरण
Atrya hospital

 बैतडी – कृषि ज्ञान केन्द्र बैतडीले आधा रकम अनुदानमा फलफुलका बिरुवाहरु वितरण गरिरहेको छ । गत महिना जारी गरेको सूचना अनुसार माग भईआएका कृषकहरु र थप इच्छुक कृषकहरुलाई बिरुवा वितरण गरिरहेको कृषी ज्ञान केन्द्रले जनाएको छ । यसबर्ष किसानको माग अनुसार कागती ७५०० बोट, सुन्तला ६०००, आँप ३५००,  लिची १०००, चुक २५००, अनार २००, कलमी सुन्तला २०० र कटहरका बिरुवा वितरण गरिरहेको कृषी ज्ञान केन्द्र प्रमुख घनश्याम चौधरीले बताए । किसानहरु लाई प्रत्येक बिरुवा खरिदमा ५० प्रतिसत रकम छुट दिइएको उनले बताए । ज्ञान केन्द्रले बितरण गरिरहेका बिरुवा विभिन्न नर्शरीहरुबाट खरिद गरिएका उन्नत जातका बिरुवा रहेकाछन् । आँपमा दसेरी र अम्रपाली जातको कलमी रहेका छन् । सुन्तलाका २सय कलमीको बोटको माग भएकाले बितरण गरिएको छ । हाप र सुन्तला बाहेकका बोटहरु भने बिजु रहेकाछन् । यसका साथै कृषी ज्ञान केन्द्रले तरकारी र फलफुलकामा छर्कने औषधी समेत निशुल्क रुपमा बितरण गरिरहेको छ । बोट बिरुवा बितरण गरि कृषकहरुलाई बिरुवा रोप्ने र जोगाउने बिषयमा आवश्यक सल्लाह दिइरहेको कृषी ज्ञान केन्द्रले जनाएको छ । सस्तोमै सहज रुपमा बोट बिरुवा पाएपछि किसानहरु खुसि भएकाछन् । गाउँठाउँमा नर्शरी नभएकाले बिरुवा पाउन मुस्कील भएको अवस्थामा कृषि ज्ञान केन्द्रबाट आवश्यक बोट बिरुवा पाउदाँ खुसि लागेको दशरथचन्द नगरपालिका–०४कृषक नविन पाण्डेयले बताए । अहिले रोपेको बिरुवाले भविष्यमा फल दिदाँ जिविकोपार्जनका लागि सहज हुने विश्वास सहित फलफुलका बिरुवा लगेको उनले बताए । 

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १४:१०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update