Sagun Khabar
सिगास माविको युवा रेडक्रस सर्कलले विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्यो 

बैतडी–बैतडीको पाटन नगरपालिका ३ स्थित सिगास मावि गौरीशंकर पोखरीको युवा रेडक्रस सर्कलले शैक्षिक सामग्री वितरण गरेको छ । विद्यालयमा अध्ययनरत २९ जना अपांगता भएका, विपन्न र असहाय छात्रछात्राहरुलाई शैक्षिक सामग्री वितरण गरिएको युवा रेडक्रस सर्कलका शिक्षक नायक लवदेव अवस्थीले बताए । 

समस्यामा रहेका विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले शुक्रबार एक कार्यक्रमको आयोजना गरेर शैक्षिक सामग्री वितरण गरिएको शिक्षक अवस्थीले बताए । 

Atrya hospital

विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्नुका साथै उनीहरुलाई रेडक्रस र युवा रेडक्रस सर्कलका बारेमा समेत जानकारी दिइएको थियो । 

उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाट, विद्यालयका प्रधानाध्यापक मानबहादुर चन्द, विद्यालयका शिक्षक र विद्यार्थीहरुको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १६:४६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update