Sagun Khabar
रौलेश्वर मावि रामकी बरायलको प्रअमा हिरासिंह कुँवर नियुक्त 

बैतडी –बैतडीको सुर्नया गाउँपालिका–५ स्थित रौलेश्वर मावि रामकी बरायलको प्रधानाध्यापकमा हिरासिंह कुँवर नियुक्त भएका छन् । 

विद्यालयका प्रधानाध्यापक गोपालसिंह मडैको सरुवा भएपछि विद्यालय व्यवस्थापन समितिले कुँवरलाई प्रधानाध्यापकमा नियुक्त गर्ने निर्णय गरेको हो । 

२०५२ सालदेखि रौलेश्वर माविमा कार्यरत कुँवर निमावि तह तृतीय श्रेणीमा कार्यरत रहेका छन् । बिएड सम्मको अध्ययन गरेका कुँवर लामो समयदेखि विद्यालयमा कार्यरत रहेकाले उनको नेतृत्वमा विद्यालयले नयाँ उचाइ प्राप्त गर्ने विश्वास रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर चन्दले बताए । 

प्रधानाध्यापकमा नियुक्त भएपछि कुँवरले सबैको सहयोगमा विद्यालयलाई अगाडि बढाउने योजना रहेको बताए । 

रौलेश्वर मावि रामकी बरायलमा अहिले कक्षा १२ सम्मको पढाइ हुने गरेको छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update