Sagun Khabar
दोगडाकेदार –३ श्रीकोट पूर्ण संस्थागत सुत्केरी वडा घोषणा 

बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटलाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणाा गरिएको छ । मंगलबार एक कार्यक्रमकाबीच वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको श्रीकोट स्वास्थ्यचौकीका प्रमुख वीरसिंह भाटले जानकारी दिए ।

गत आर्थिक बर्षमा वडाभरी रहेका ७५ र यो बर्ष ५५ जना गर्भवती आमाहरुले स्वास्थ्य संस्थामै बच्चा जन्माएपछि वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको हो । आगामी दिनमा समेत वडालाई घरमा हुने सुत्केरी शून्यलाई निरन्तरता दिइने भाटले बताए । 

Atrya hospital

यस्तै श्रीकोटलाई पूर्ण सुपोषित वडा घोषणाको तयारी रहेको छ ।

दोगडाकेदार गाउँपालिका वडा नं ३ लाई पूर्ण संस्थागत सुत्केरी घोषणा गरेसंगै दोगडाकेदारमा पूर्ण संस्थागत सुत्केरी वडाको संख्या ६ पुगेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताए । गाउँपालिकालाई अगामी वर्ष पुर्ण संस्थागत सुत्केरी घोषणा गर्ने लक्ष्य रहेको जनाएको छ ।

आमा र बच्चाको स्वास्थ्य र पोषणमा सुधार ल्याउनका लागि गाउँपालिकाले पहल गरिरहेको गाउँपालिकाकी उपाध्यक्ष पार्वती कार्कीले बताइन् । पालिकलाई नै पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा गर्ने अभियानमा आफूहरु लागेको उनले बताइन् । 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १८:०१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update