Sagun Khabar
भारतको कर्नाटकमा बैतडीका दाजुबहिनीको शंकास्पद मृत्यु 
Atrya hospital

बैतडी –बैतडीको पुर्चौंडी नगरपालिका –४ भटनाका दुई दाजुबहिनीको भारतको कर्नाटकमा शङ्कास्पद मृत्यु भएको छ ।

बुबा–आमासंगै कर्नाटकस्थित गाउँबस्तीमा मजदुरी गरिरहेका नन्दसिंह धानुकका १७ वर्षीय छोरा विक्रम र १५ वर्षीया छोरी शिरिष्माको गत शनिबार शङ्कास्पद मृत्यु भएको भन्ने खबर प्राप्त भएको पुरचौडी नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष दिलबहादुर  धानुकले बताए ।

बुबाआमाको आग्रहमा शिरिष्मा एक महिनाअघि र विक्रम करिब ६ महिनाअघि मात्रै भारत गएका थिए । मृतक दुवैको शव स्थानीय अस्पतालमा राखिएको छ । मृतकका आफन्तले भने घटनाको छानबिन हुनुपर्ने माग गरिरहेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १७:३६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update