Sagun Khabar
बैतडीमा माओवादी केन्द्रको अभिमुखीकरण 

बैतडी–नेकपा माओवादी केन्द्रले रुपान्तरण अभियान अन्तर्गत सोमबार बैतडीको पाटनमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । 

नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सुदूरपश्चिम इञ्चार्ज गिरीराजमणि पोखरेलको उपस्थितीमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको माओवादी केन्द्रका जिल्ला संयोजक शंकर भण्डारीले बताए । पार्टीलाई व्यवस्थित र सृदृढ गर्नका लागि सञ्चालन गरिएको रुपान्तरण अभियान अन्तर्गत अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको भण्डारीले बताए । अभियान भने आगामी असार १० गते समापन गरिनेछ । 

Atrya hospital

अभिमुखीकरण कार्यक्रममा जिल्ला कमिटिका पदाधिकारीसहित सदस्य, पालिका कमिटिका पदाधिकारी र जनवर्गीय संगठनका प्रतिनिधिहरुको सहभागिता थियो ।

अभिमुखीकरण कार्यक्रममा सुदूरपश्चिम इञ्चार्ज पोखरेल पार्टीको संगठन विस्तारमा लाग्न निर्देशन दिएकाले सोही अनुसार वडा अधिवेशन गर्ने तयारी भएको माओवादी केन्द्रका पाटन नगर कमिटि अध्यक्ष तर्कसिंह ठगुन्नाले बताए । 
अभिमुखिकरण कार्यक्रममा इञ्चार्ज पोखरेलसंगै नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सह–इन्चार्ज बिना मगर, प्रदेश अध्यक्ष, उपाध्यक्ष, प्रदेश सदस्य, जिल्ला समन्वय सदस्य लगायतका नेताहरुको उपस्थिती रहेको थियो । 
 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  ०८:२१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update