Sagun Khabar
बैतडीको गुजर मा.विमा जनप्रतिनिधिद्वारा अक्षयकोष स्थापना 
Atrya hospital

बैतडी – बैतडीको गुजर मा.विमा जनप्रतिनिधिद्वारा अक्षयकोषको स्थापना गरिएकोे छ । जिल्लाको पाटन नगरपालिका वडा नम्बर ३ मा रहेको गुजर माध्यमिक विद्यालयमा पाटन नगरपालिका वडा नम्बर ३ का जनप्रतिनिधिहरुले आफ्नो सेवा सुबिधाबाट रकम कटौती गरेर सो विद्यालयमा पचास हजार बराबरको अक्षयकोषको स्थापना गरेका हुन । 

पाटन नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष करुणाकर भट्टसहित वडा सदस्यहरुले वडा भित्रका ७ वटा विद्यालयमा आफ्नो पारिश्रमिकबाट ५० हजार रुपैयाँ बराबरको अक्षयकोष स्थापना गर्ने निर्णय अनुसार शुक्रबार गुजर मा.वि को ७०औँ वार्षिकोत्सब कार्यक्रमको अवसर पारेर गुजर मा.बि बाट नै अक्षयकोष स्थापना को सुरुवात गरेको अध्यक्ष भट्टले बताए । 

अध्यक्ष भट्ट सहित वडा सदस्यहरुले पदभार ग्रहण गर्ने बेला गरेको निर्णय अहिले कार्यान्वयनमा ल्याएका छन । पदभार ग्रहणको क्रममा वडा अध्यक्ष भट्ट सहित वडा सदस्यहरुले आफुले पाउने पारिश्रमिकबाट वडाभित्रका ७ वटा बिद्यालयमा कार्यकाल अवधि भरीमा ५० हजार रुपैयाँका दरले अक्षयकोष स्थापना गर्ने निर्णय गरेका थिए ।
 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १४:१८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update