Sagun Khabar
बैतडी कांग्रेसले शुरु गर्यो ‘पञ्चेश्वर–पुर्चौंडी दैलो अभियान’

बैतडी –नेपाली कांग्रेस बैतडीले ‘पञ्चेश्वर–पुर्चौंडी दैलो अभियान’ शुरु गरेको छ । पञ्चेश्वरको सैलोडामा आइतबार एक कार्यक्रमको आयोजना गरेर दैलो अभियानको शुरुवात गरिएको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले जानकारी दिए । 

‘पञ्चेश्वर–पुर्चौंडी दैलो अभियान’को शुरुवात गर्दै नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले नेपाली कांग्रेसको संगठनलाई विस्तार गर्न र मजबुत बनाउन अभियान सञ्चालन गरिएको बताए । 

नेपाली कांग्रेस पञ्चेश्वर गाउँकार्यसमितिका सभापति रामबहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सभापति चन्द प्रमुख अतिथी रहेका थिए । दैलो अभियानको शुभारम्भ कार्यक्रममा जिल्ला सचिवद्वय प्रेमबहादुर चन्द र देवराज जोशी लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 

Atrya hospital

१२० दिने  ‘पञ्चेश्वर–पुर्चौंडी दैलो अभियान’को शुरुवात भएको र पुर्चौंडीको हाटमा कार्यक्रम समापन गरिने नेपाली कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले जानकारी दिए । 

प्रत्येक वडामा कम्तीमा दुई अभियान अन्तर्गत अन्तरक्रिया, छलफल, भेटघाट लगायतका कार्यक्रम सञ्चालन हुने सचिव चन्दले बताए । 

१० ओटै पालिकामा अभियानका लागि संयोजक र उपसंयोजक तोकेर अभियानलाई अगाडि बढाइएको छ । अभियानले नेपाली कांग्रेसलाई बलियो बनाउन भूमिका खेल्ने सचिव चन्दले बताए । 

अभियानका बेला नेपाली कांग्रेसका नेता, कार्यकर्ता र शुभेच्छुकहरुसंग अन्तरक्रिया, भलाकुसारीका साथै आगामी दिनमा कांग्रेसलाई कसरी अगाडि बढाउने भन्ने बिषयमा छलफल हुने सचिव चन्दले जानकारी दिए । 

अभियान अन्तर्गत प्रत्येक वडामा अन्तरक्रिया र छलफल गर्ने, घरदैलोमा जाने, स्थानीय नागरिकका समस्या बुझ्ने र समस्या समाधानका लागि आवश्यक पहल गरिने सचिव चन्दले बताए ।

यसअघि शनिबार बसेको नेपाली कांग्रेस जिल्ला कार्यसमितिको बैठकले दैलो अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । 


 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update