Sagun Khabar
बैतडीमा चट्याङ लागेर दुई जना घाइते 

बैतडी –बैतडीमा चट्याङ लागेर दुई जना घाइते भएका छन् । शनिबार राति ८ बजेतिर चट्याङ लागेर जिल्लाको दशरथचन्द नगरपालिका १ खर्कका ३६ बर्षीय जयबहादुर भाट र २६ बर्षीय जगदीश भाट घाइते भएका हुन् । उनीहरु दुवै जना दाजुभाइ हुन् । 

घर नजिकैको दल्लाको रुखमा चट्याङ परेको र सोही चट्याङका कारण उनीहरु दुवै जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । 

Atrya hospital

घाइते भएका जयबहादुरको दाहिने आँखामा चोट लागेको छ भने जगदीशको बाँया खुट्टामा चोट लागेको छ । 

घाइते दुवै जनालाई थप उपचारका लागि धनगढी लगिएको छ । जिल्ला अस्पतालमा समान्य उपचारपछि उनीहरुलाई थप उपचारका लागि धनगढी लगिएको प्रहरी निरीक्षक केसीले बताए । 
 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  ०७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update