Sagun Khabar
बैतडी कांग्रेसले ‘पञ्चेश्वर–पुर्चौंडी दैलो अभियान’सञ्चालन गर्ने 

बैतडी –नेपाली कांग्रेस बैतडीले ‘पञ्चेश्वर–पुर्चौंडी दैलो अभियान’सञ्चालन गर्ने भएको छ । शिवनाथको सुल्लेखानमा शनिबार बसेको जिल्ला कार्यसमितिको नियमित बैठकले भोलि आइतबारदेखि अभियानको शुरुवात गर्ने निर्णय गरेको नेपाली कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले जानकारी दिए । 

पञ्चेश्वरको सैलोडाबाट अभियानको शुरुवात गरि पुर्चौंडीको हाटमा कार्यक्रम समापन गर्ने योजना रहेको उनले बताए । नेपाली कांग्रेसको संगठनलाई बलियो बनाउने, कांग्रेसका नेता, कार्यकर्ताहरुलाई सक्रिय बनाउने र पार्टीलाई चलायमान बनाउन अभियान सञ्चालन गर्ने निर्णय भएको सचिव चन्दले बताए । 

नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले अभियान सञ्चालनका लागि १० ओटै पालिकामा संयोजक र उपसंयोजक समेत तोकेको छ । 

Atrya hospital

अभियान अन्तर्गत प्रत्येक वडामा अन्तरक्रिया र छलफल गर्ने, घरदैलोमा जाने, स्थानीय नागरिकका समस्या बुझ्ने र समस्या समाधानका लागि आवश्यक पहल गरिने सचिव चन्दले बताए । 

जिल्लाभरी यो अभियान १२० दिन सञ्चालन गर्ने योजना बनाइएको छ । 

अभियानका लागि जिल्लाका १० ओटै पालिकामा संयोजक र उपसंयोजक तोक्दै जिल्ला कार्यसमितिको टोली समेत पुग्ने नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए । कांग्रेसको संगठनलाई सक्रिय बनाउन यो अभियानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको उनले बताए । 

अभियानका लागि दशरथचन्द नगरपालिकामा पूर्व सभापति नरेन्द्रसिंह थापालाई संयोजक र पूर्व सचिव पुरनचन्द्र लेखकलाई उपसंयोजक तोकेको छ । पाटनमा विष्णुदत्त जोशी संयोजक र कोषाध्यक्ष चक्रबहादुर चन्दलाई उपसंयोजक तोकेको छ भने मेलौली नगरपालिकामा जिल्ला सचिव प्रेमबहादुर चन्दलाई संयोजक र देवदत्त भट्टलाई उपसंयोजक तोकेको छ । 

यस्तै पुर्चौंडी नगरपालिकामा अमर धानुकलाई संयोजक र हिमालय बमलाई उपसंयोजक तोकेको सचिव चन्दले जानकारी दिए । 

डिलाशैनी गाउँपालिकामा कर्ण राना संयोजक र विश्राम धामी उपसंयोजक, दोगडाकेदार गाउँपालिकामा जिल्ला सचिव देवराज जोशी संयोजक र क्षेत्रीय सभापति शिवराज भट्ट उपसंयोजक, सुर्नया गाउँपालिकामा उपसभापति बिरबहादुर बिष्ट संयोजक र सहसचिव दिपेन्द्रबहादुर चन्द उपसंयोजक र सिगास गाउँपालिकामा उपसभापति खगेन्द्रसिंह धामी संयोजक र टेक विश्वकर्मालाई उपसंयोजक तोकिएको छ । 

यस्तै पञ्चेश्वर गाउँपालिकामा दिनेशबहादुर चन्द संयोजक र रमेशसिंह भण्डारी उपसंयोजक र शिवनाथ गाउँपालिकामा सहसचिव दशरथ चाड संयोजक र राजेन्द्रप्रसाद कलौनीलाई उपसंयोजक तोकिएको सचिव चन्दले जानकारी दिए । 

अभियान अन्तर्गत एक वडामा कम्ती दुई दिन सम्म अन्तरक्रिया, छलफल र घरदैलो गर्ने योजना रहेको नेपाली कांग्रेस बैतडीले जनाएको छ । 

यस्तै आजको बैठकले नेपाली कांग्रेसको सम्पर्क समितिका संयोजक तथा अध्यक्ष तोक्ने अधिकार सभापतिलाई दिने निर्णय समेत गरेको सचिव चन्दले बताए । 
 

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update