Sagun Khabar
गुजर माविको बार्षिकोत्सव सम्पन्न,अक्षयकोषबाट शैक्षिक सामग्री वितरण  

बैतडी – बैतडीको पाटन  नगरपालिका ३ स्थित गुजर माध्यमिक विद्यालयको ७० औँ बार्षिकोत्सव तथा अभिभावक भेला शुक्रबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य गोपाल बिष्टको अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सव समारोहमा पाटन नगरपालिकाका नगर प्रमुख गौरीसिंह रावल प्रमुख अतिथि रहेका थिए ।  

बार्षिकोत्सव समारोहमा वडा नम्बर ३ का वडा अध्यक्ष करुणाकर भट्ट, नगरपालिकाका पूर्व नगर उपप्रमुख सरस्वती कोली र पूर्व वडा अध्यक्ष फरेन्द्रसिँह बिष्ट विशिष्ट अतिथि रहेका थिए ।  

Atrya hospital

उक्त समारोहमा बिद्यालयका प्रधानाध्यापक मदनराज अवस्थीले चालु आर्थिक बर्षको अहिले सम्मको कुल  ७६ लाख ५ हजार ९ सय २६ रुपैयाँ बराबरको आय र ७१ लाख ८४ हजार २ सय ७१ बराबरको व्यय विवरण प्रस्तुत गरेका थिए । 

बार्षिकोत्सव समारोहमा सांस्कृतिक कार्यक्रमसहित विद्यालयका उत्कृष्ट छात्रछात्राहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । 

बार्षिकोत्सवको अवसरमा स्थानीय युवा तर्कराज भट्टले आफ्ना स्वर्गीय आमाबुवाको सम्झनामा स्थापना गरेको सुन्दर धाना स्मृति अक्षय कोषबाट टुहरा, गरीब तथा जेहेन्दार बालबालिकाहरूलाई शैक्षिक सामग्री समेत  वितरण गरिएको छ । 

विपन्न परिवारका बालबालिकाहरुलाई शिक्षा ग्रहणका लागि केही सहयोग होस भनेर अक्षयकोष स्थापना गरेको र उक्त कोषको ब्याजको रकमबाट हरेक बर्ष विपन्न बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गर्दै आएको भट्टले बताए । 

बार्षिकोत्सव समारोहमा विद्यालयको सेवा क्षेत्रभित्रका शिक्षक, अभिभावक, विद्यार्थी र अन्य सरोकारवालाहरुको सहभागिता रहेको विद्यालयका प्रधानाध्यापक मदनराज अवस्थीले बताए । 
 

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  ०७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update