Sagun Khabar
हाजिरीजवाफ प्रतियोगिता सम्पन्न 

बैतडी –बैतडीको डिलाशैनीमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । 

लखिनाथ सामुदायिक सिकाई केन्द्रको आयोजनामा आधारभूत तहस्तरीय हाजिरीजवाफ प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो । 

Atrya hospital

उक्त प्रतियोगितामा लखैनाथ आधारभूत विद्यालय बाइम प्रथम, डिलाशैनी मावि खेतागाउँ र शिक्षा केन्द्र अमर मावि तेश्रो भएका छन् । प्रतियोगितामा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो । 
विद्यार्थीहरुको बाह्य ज्ञान विस्तारका लागि प्रतियोगिताको आयोजना गरिउको सिकाइ केन्द्र व्यवस्थापन केन्द्रका अध्यक्ष हर्क धामीले बताए । 

प्रतियोगितामा विजेता विद्यार्थीहरुलाई डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्ट, वडा नं ७ का वडा अध्यक्ष प्रकाशमणी भट्ट, शिक्षा शाखा प्रमुख महादेव भट्ट लगायतका व्यक्तिहरुले पुरस्कार र प्रमाणपत्र प्रदान गरेको स्थानीय प्रदीपकुमार जोशीले जानकारी दिए । 

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update